टोकियो – टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा स्वर्ण पदकका दुई दाबेदार स्पेन र जापान भिड्ने भएका छन् । आइतबार दुवै टोलीले क्वाटरफाइनलमा जित हासिल गर्दै अन्तिम चारमा भिडन्त पक्का गरे ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
आयोजक जापानले न्युजिल्यान्डलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । निर्धारित ९० मिनेट र त्यसपछि अतिरिक्त समयमा पनि दुवै पक्षबाट गोल हुन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो । न्युजिल्यान्डका लागि दोस्रो प्रहारमा लिबेरतो ककासे र क्लेटन लेविस लगातार चुकेका थिए ।
त्यसअघि अतिरिक्त समयमा २-२ को बराबरी खेलेको स्पेनले आइभोरी कोस्टलाई ५-२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको थियो । हारको संघारमा पुगेका स्पेनका लागि वैकल्पिक फरवार्ड राफा मिरले इन्ज्युरी समयमा बराबरी गोल गरेपछि अतिरिक्त समयमा ह्याट्रिक पूरा गरे ।
प्रकाशित मिति: शनिबार, साउन १६, २०७८
प्रकाशित समय: २१:२१:२१