Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – नेपाली सुटिङ खेलाडी कल्पना परियारले टोकियो ओलम्पिक-२०२० मा राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छन् ।

शनिबार भएको महिला १० मिटर एअर राइफल इभेन्टको छनोट चरणमा उनले ६१६.८ स्कोर गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

तर कुल ५० खेलाडी मध्ये ४६औं स्थानमा रहेकी उनी पहिलो चरणबाटै बाहिरिइन् ।

कल्पनाले यसअघि १३औं दक्षिण एसियाली खेलकुद सागमा ६१४.५ स्कोर गर्दै कीर्तिमान बनाएकी थिइन् । १३औं सागमा उनी चौथो भएकी थिइन् ।

टोकियो -२०२० अन्तर्गत शनिबार बिहान आसाका सुटिङ रेन्जमा कल्पनाले ६१६.८ स्कोर गर्दै कीर्तिमान सुधारिन् तर अघिल्लो चरण पुग्न सकिनन् ।

छनोटबाट शीर्ष ८ स्थानमा रहने खेलाडी मात्र फाइनलमा प्रवेश गरेका छन् । कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४ तथा तेस्रोमा १०१.१, चौथोमा १०४.१ र पाँचौमा १०३.४ स्कोर गरिन् । अन्तिम सिरिजमा भने कमजोर प्रदर्शन गरेकी उनले १००.७ स्कोर गरिन् । उनले समग्रमा ६१६.८ स्कोर गरिन् ।

कल्पना वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट भएकी थिइन् । आजै नेपाली जुडो खेलाडी सोनिया भट्टले महिला ४८ केजीमा प्रतिस्पर्धा गर्दैछिन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया