Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

टोकियो – अन्तत: आज शुक्रवारदेखि टोकियो ओलम्पिक खेल-२०२० प्रारम्भ भएको छ । ओलम्पिकको औपचारिक थालनीका लागि आज शुक्रवार साँझ ओपनिङ सेरोमोनी आयोजना हुँदैछ, जसलाई कोरोना महामारीका कारण निकै नै सामान्य तरिकाले सम्पन्न गरिंदैछ ।

टोकियो ओलम्पिकमा २ सय ५ देशका ११ हजार खेलाडीहरुले भाग लिँदैछन् ।उनीहरु सबै टोकियो पुगिसकेका छन् ।१७ दिनसम्म चल्ने यो खेलको महाकुम्भमा ३३ भिन्दा–भिन्दै खेलहरुका ३ सय ३९ वटा इभेन्टहरु हुनेछन् ।यसपटक ओलम्पिकमा मेडिसन साइक्लिङ, बेसबल र सफ्टबलको पुनरागमन भएको छ ।यसका साथै थ्रि बाई थ्रि बास्केटबल तथा फ्रीस्टाइल बिएमएक्सलाई पनि समावेश गरिएको छ ।यसपटकको ओलम्पिकमा पनि विगतको झैं अमेरिका, बेलायत, चीन, रुस, जापान तथा जर्मनीबीच मेडल ट्यालीमा उत्कृष्ट हुँदै शीर्ष स्थानमा रहनका लागि कडा टक्कर हुने निश्चित छ ।

कोरोनाको संकटका बीच ओलम्पिक खेल आयोजना गरेर जापान आफ्नै जनताको निशानामा परेको छ ।जापानमै विभिन्न स्थानमा यो खेलका विरुद्ध प्रदर्शन समेत भैरहेका छन् ।यद्यपि, त्यहाँ खेल कमिटि र सरकारले कोरोनाको संक्रमणलाई फैलिन नदिनका लागि सम्पूर्ण कोशिस गरेका छन् ।अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस ब्याचका अनुसार ओलम्पिक गेम सुपर स्प्रेडर समारोह सावित नहुने बताएका छन् । यसका बावजूद गत जुलाई १ देखि हालसम्म नै ओलम्पिक खेलसंग सम्बन्धित ६७ जना कोरोना पोजिटिभ भैसकेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया