Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं — नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बेलायतमा हुने ‘द हन्ड्रेड बल’ क्रिकेट प्रतियोगिता गुमाएका छन् । इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी)ले सन्दीपको भिसा समाप्त भएको जनाएपछि उनले प्रतियोगितामा सहभागी हुन नपाउने भएका हुन् ।

बेलायत सरकारले उनलाई देश छाड्न आग्रह गरेको छ । यसैकारण सन्दीपले विश्व क्रिकेटकै नयाँ फम्यार्ट ‘द हन्ड्रेड बल’ गुमाएका हुन् । सन्दीपले सामाजिक सञ्जालबाट आफूले प्रतियोगिता गुमाएको जानकारी दिएका छन् ।

उनले ‘द हन्ड्रेड बल’ खेल्न नपाउँदा निकै दुःख लागेको बताएका छन् । ‘द हन्ड्रेड बलमा पर्न नसकेकोमा म निकै दुःखी छु,’ उनले भनेका छन् । सन्दीप टिएर–५ भिसामार्फत ‘द हन्ड्रेड बल’ खेल्न बेलायत पुगेका थिए । १८ जुलाईमै सन्दीपको भिसा समाप्त भएको जानकारी सम्बन्धित निकायले दिएको थियो ।

प्रतियोगिता बिहीबारदेखि सुरु हुनेछ । सन्दीप इन्भिन्सिबल्समा ६० हजार पाउन्ड अनुबन्ध भएका थिए । उनी २४ असारमा इंग्ल्यान्ड गएका थिए । त्यहाँ उनले सरकारबाट मान्यता प्राप्त होटेलमा १० दिनको क्वारेन्टिन समय बिताएका थिए ।

भिसा समाप्तिको जानकारी नपाउँदासम्म सन्दीपले म्यानचेस्टर ओरिजिनल्ससँग खेल्ने तय भइसकेको थियो । सन्दीप बाहिएपछि उनको स्थानमा दक्षिण अफ्रिका स्पिनर तबरेज सम्सी खेल्नेछन् ।

‘१८ जुलाईमा मेरो क्वारेन्टिन अवधि सकिनुभन्दा दुई दिनअघि इसिबीले भिसा सकिएको रहेछ, जतिसक्दो छिटो मुलुक छाड्नुपर्ने बतायो, मैले के गल्ती भएको छ भनेर सोधेँ तर मलाई इसिबीका कसैले पनि स्पष्ट जवाफ दिएनन्,’ उनले भनेका छन्, ‘मलाई थाहा थियो कि विवाद बढ्दै गए त्यसले ठूलो रुप लिन सक्थ्यो, मेरो वैध भिसा जुनसुकै स्थानमा किन वैध हुँदैन भन्ने प्रश्नको उत्तर जान्ने हक छ ।’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया