Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडाैं – टोकियो ओलम्पिक खेल्न पुगेका युगान्डाका युवा भारत्तोलन खेलाडी शुक्रबारबाट गायब भएपछि यतिबेला उनको ब्यापक खोजि भइरहेको छ । तर उनले आफु बस्ने कोठामा एउटा नोट छोडेर गएका छन् । जसका उनले आफु जापानमा नै बस्न चाहेको उल्लेख गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अर्को साताबाट सुरु हुने ओलम्पिकका लागि जापान पुगेका भारत्तोलन खेलाडी जुलियुस शुक्रबार कोभिडको परिक्षणका लागि नआएपछि उनी भागेको थाहा भएको थियो । उनी ब स्ने कोठामा खानतलासी गर्दा उनले एउटा नोट खेलेर छोडेको पाइएको छ ।

जसमा उनले आफु जापानमा नै बसेर भविष्य बनाउन चाहेको उल्लेख गरेका छन् । उनले युगान्डामा बस्न कठिन भएको समेत बताएका छन् । २० बर्षे जुलियुस ओसाका नजिकै रहेको प्रशिक्षण स्थलमा तयारी गरिरहेका थिए । उनी टोकियो ओलम्पिक खेल्न नपाउने भएपछि यहि मंगलबार युगान्डा फर्किने तालिका थियो ।

तर उनले त्यहाँ नजिक रहेको ट्रेन स्टेसनमा नागोयाको टिकट काटेको देखिएको छ । एक महिना अगाडी जापान पुगेको युगान्डाको टिमका दुई जनामा कोरोना देखिएपछि केहि तनाव भएको थियो । तर अहिले फेरी उनी भाग्दा झन तनाव बढेको छ ।

तपाईको प्रतिक्रिया