Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

टाेकियाे – अर्को हप्ताबाट सुरु हुने टोकियो ओलम्पिक खेल्न जापान पुगेको युगान्डेली टोलीका एक खेलाडी होटलबाटै गायब भएका छन् । २० वर्षीय भारोत्तोलन खेलाडी जुलियस सेकितोलेको प्रशिक्षण क्याम्प रहेकै बेलामा होटलबाट फरार भएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नियमित कोरोना परीक्षणका लागि शुक्रबार अनुपस्थित भएपछि खोजी गर्दा उनी होटलमा नरहेको पत्ता लागेको हो । गत महिना जापान आइपुगेको युगान्डेली टोली ओसाकास्थित इजुमिसनोमा अभ्यास गरिरहेको थियो । ‘जुलियसलाई प्रतियोगितामा सहभागी हुन अयोग्य भएपछि केही दिनमै स्वेदश फर्काउने तयारी गरिएको थियो,’ युगान्डाका भारोत्तोलन संघका अध्यक्ष सलिम मुसोकेले भने,‘३ दिनअघि मात्र कुरा भएको खेलाडी क्याम्पबाटै गायब भएको खबरले म आफैँ अचम्ममा परेको छु ।’

अध्यक्ष मुसोकेले चाँडोभन्दा चाँडो निज खेलाडीलाई खोजेर स्वदेश फर्काउन सरकारसँग मद्दत मागेका छन् । ‘यसरी खेलाडी गायब हुनु देशका लागि राम्रो होइन । म आशा गर्छु कि जुलियस चाँडै भेटियून्’ मुसोकेले न्युयोर्क टाइम्ससँग भने,‘सरकारले खोजी गरेमा हामी उनलाई खेलबाट नै प्रतिबन्ध गरेर स्वदेश फर्काउनेछौँ ।’

इजुमिसमो सहरका मेयर युजी फुकुओकाले उनको खोजी भइसकेको बताएका छन् । ‘हामीलाई यो घटनाको जानकारी आउनासाथ खोजी कार्य सुरु भइसकेको छ,’ फुकुओकाले भने,‘विनाकागजात उनी समस्यामा पर्न सक्छन् । हाम्रो सहरमा हराएका व्यक्ति चाँडै भेटिने आशा राखेका छौँ ।’ टोकियो ओलम्पिक यही जुलाई २३ देखि अगस्ट ८ सम्म सञ्चालान हुनेछ ।

तपाईको प्रतिक्रिया