Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

                                                                                                                              तस्बिर : हाम्रो खेलकुदबाट

काठमाडाैं – टोकियो ओलम्पिकका लागि एट्लेटिक खेलाडीको सहभागिताको विषयले अन्तिम समयमा आएर नाटकीय रुप लिएको छ । यसअघि म्याराथनका गोपिचन्द्र पार्कीले ओलम्पिकमा सहभागिता जनाउने बताइए पनि नेपाल ओलम्पिक कमिटीले बिहीबार विज्ञप्ति निकाल्दै उनको स्थानमा सरस्वती चौधरीले सहभागिता जनाउने बताएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सरस्वतीले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । सरस्वतीले नियमित कोटाबाट नेपालको प्रतिनिधित्व गर्ने ओलम्पिक कमिटीले बताएको छ । गत वर्ष नेपालगन्ज म्याराथनको उपाधि जितपछि गोपिचन्द्र टोकियो ओलम्पिकका लागि छनोट भएको बताइएको थियो । त्यहीअनुरुप उनी प्रशिक्षण पनि गरिरहेका थिए ।

अन्तिम समयमा आएर विश्व एट्लेटिक्सको प्रविधिक कमिटीले नेपाललाई म्याराथनमा नभई महिला १०० मिटरको कोटा दिएपछि सरस्वतीको नाम पठाइएको ओलम्पिक कमिटीले बताएको छ । विभागीय टोली आर्मीकी सरस्वतीले कतारमा सम्पन्न विश्व एट्लेटिक्स च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइन् । उनी आठौँ राष्ट्रिय खेलकुदमा १०० र २०० मिटर दौडको स्वर्ण विजेता खेलाडी पनि हुन् ।

जुलाई २३ देखि अगस्ट ८ सम्म जापानको टोकियोमा हुने ओलम्पिकमा नेपालका ५ खेलाडीले सहभागिता जनाउने पक्का भएको छ । सरस्वतीसहित पौडीबाट गौरिका सिंह र एलेक्स शाह, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

तपाईको प्रतिक्रिया