काठमाडौं – जारी युरोपकमा क्वाटरफाइनल प्रवेश गर्ने टोलीको टुंगो लागेको छ। गए राति स्विडेन र युक्रेनबीचको खेलसँगै प्रि–क्वाटरफाइनलको समीकरण पूरा भएको छ।
जारी प्रतियोगितामा बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेन अन्तिम आठमा पुगेका छन्।
साविक विजेता पोर्चुगलसँगै फ्रान्स, जर्मनी, नेदरल्यान्ड्सजस्ता उपाधि दाबेदार देशभने अन्तिम १६ बाटै बाहिरिएका छन्।
डेनमार्क वेल्सलाई ४–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो भने इटली अस्ट्रियालाई २–१ ले हराउँदै अघिल्लो चरणमा पुगेको हो।
त्यसैगरी, चेक रिपब्लिक नेदरल्याण्ड्सलाई हराउँदै क्वाटरफाइनलमा पुग्दा बेल्जियमले साविक विजेता पोर्चुगललाई पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गर्यो।
क्रोएसियालाई ५–३ गोलअन्तरले हराउँदै स्पेन अन्तिम ८ मा प्रवेश गरेको हो भने विश्वकप विजेता फ्रान्सलाई स्तब्ध बनाउँदै स्वीजरल्याण्डले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।
गएराति सम्पन्न खेलमा उपाधिको बलियो दाबेदार मानिएको जर्मनीलाई २–० गोलअन्तरले पराजित गर्दै अन्तिम १६मा पुग्दा युक्रेन पनि स्वीडेनलाई २–१ ले हराउँदै क्वाटरफाइनलमा पुगेको हो।
क्वाटरफाइनलका खेलहरु आगामी शुक्रबारदेखि सुरु हुनेछ।
कुुन टिमको खेल कहिले?
- स्पेन भर्सेस स्वीजरल्याण्ड : शुक्रवार बेलुकी ९ः४५ बजे
- इटली भर्सेस बेल्जियम : शुक्रबार राति १२ः४५ बजे
- चेक रिपब्लिक भर्सेस डेनमार्क : शनिवार बेलुकी ९ः४५ बजे
- युक्रेन भर्सेस इंग्ल्याण्ड : शनिबार राति १२ः४५ बजे