Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – ५५ वर्षपछि जर्मनीविरुद्ध पहिलो जित निकाल्दै इंग्ल्यान्ड युरो कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। याेसँगै विश्वकप र युरोकपको समग्र खेलमा इंग्ल्यान्डले जर्मनीविरुद्ध १९६६ पछि पहिलो जित निकालेको छ। खेल अवधिभर जर्मनीले विपक्षीको पोस्टमा नौ प्रहार गरेको थियो। तर उसको कुनै प्रहार सफल हुन सकेनन्। यता इंग्ल्यान्डका पनि पाँच प्रहारमा एकबाहेक सबै प्रयास खेर गए।

यो जितसँगै इंग्ल्यान्डले इटालीको रोम सहरमा हुने क्वार्टरफाइनलमा युक्रेन र स्विडेनको विजेतासँग भिड्नेछ। जर्मनी भने प्रतियोगिताबाट बाहिरिएको छ। जर्मनीले समूह चरणमा पोर्चुगललाई हराएको थियो भने फ्रान्ससँग हार बेहोरेको थियो। यसले घरेलु मैदानमा हंगेरीसँग बराबरी खेलेको थियो। इंग्ल्यान्डले भने अहिलेसम्मका सबै खेल घरेलु मैदानमा मात्र खेलेको छ।

ठूला प्रतिस्पर्धामा इंग्ल्यान्ड र जर्मनीका यसअघिका खेल :

१९६६ विश्वकप फाइनल : इंग्ल्यान्ड ४–२ जर्मनी
१९७० विश्वकप क्वार्टरफाइनल : जर्मनी ३–२ इंग्ल्यान्ड
१९९० विश्वकप सेमिफाइनल : जर्मनी ४–३ इंग्ल्यान्ड (१–१ गोलको बराबरीपछि पेनाल्टीमा)
१९९६ युरोकप सेमिफाइनल :  जर्मनी ६–५ इंग्ल्यान्ड (१–१ गोलको बराबरीपछि पेनाल्टीमा)
२०१० विश्वकप अन्तिम १६ : जर्मनी ४–१ इंग्ल्यान्ड
जर्मनीलाई २–० गोलले हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया