Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडाैं – युरो कप अन्तिम-१६ अन्तर्गत आइतबार दुई उपाधि दाबेदार मानिएका बेल्जियम र पोर्चुगल प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार राति पौन १ बजे स्पेनको सेभिल्लामा हुनेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बेल्जियम समूह ‘बी’बाट विजेता र पोर्चुगल समूह ‘डी’बाट उत्कृष्ट तेस्रो हुने टोलीका रूपमा नकआउट चरणमा पुगेका हुन् । समूह चरणको तिनै खेलमा अपराजित रहेको बेल्जियम पोर्चुगल विरुद्ध पनि सोही नतिजालाई जारी राख्ने प्रयासमा हुनेछ । निकै लयमा देखिएका रोमेलु लुकाकुलाई रोक्न पोर्चुगललाई भने त्यति सहज हुने छैन ।

समूह चरणमा समान १ जित, बराबरी र हारको नतिजा निकालेको पोर्चुगल पनि बेल्जियमलाई स्तब्ध पार्दै क्वाटरफाइनल प्रवेश गर्ने दाउमा हुनेछ । यो खेल क्रिस्टियानो रोनाल्डोका लागि केही विशेष छ । किनभने उनले बेल्जियमविरुद्ध १ गोल गर्न सके भने उनी सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने पुरुष खेलाडी बन्नेछन् ।

रोनाल्डोले समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध २ गोल गर्दै इरानी खेलाडी अली दाइको १०९ गोलको कीर्तिमानसँग बराबरी गरेका थिए । लयमा देखिएका रोनाल्डोलाई रोक्नु बेल्जियमको मुख्य चुनौती हुनेछ ।

पोर्चुगल र बेल्जियमले हालसम्म १८ खेलमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गरेका छन् । पोर्चुगल ६, बेल्जियम ५ खेलमा विजयी हुँदा ७ खेल बराबरीमा सकिएको छ । यी दुईको भेट पहिलोपटक सन् १९३० मा मैत्रीपूर्ण खेलका क्रममा भएको थियो । यो खेल बेल्जियमले २-१ ले जित्यो ।

मैत्रीपूर्ण खेल अन्तर्गत नै सन् २०१८ मा भएको भेटमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । युवा खेलाडीले भरिएका दुवै टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान लगाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया