काठमाण्डाै – चिनियाँ जनमुक्ति सेनाको सिन्ज्याङ मिलिटरी कमान्डले हालै सेल्फ प्रोपेल्ड मोर्टारका साथ लाइभ फायर अभ्यास गरेको छ ।
विश्लेषकहरूका अनुसार, यसले द्रुत गतिमा आक्रमण गर्दाखेरी रणनीतिक फाइदा दिन्छ किनकि यो विशाल आर्टिलरी पीसहरूभन्दा बढी सहज हुन्छ ।
सिन्ज्याङ मिलिटरी कमान्डको कम्बाइन्ड आर्म्स बटालियन ४८ सय मिटरको उचाइमा पठार क्षेत्रमा तैनाथ गरिएको छ र त्यसले अभ्यास गरेको हो । यसलाई चीनमै बनाइएको हो र सैनिकहरूलाई एक महिनाअघि मात्र उपलब्ध गराइएको हो ।
यी हतियारहरू एकदम सही र तीव्र गतिका छन् र यिनलाई चलायमान हिट यान्ड रन फायरिङ पोजिसनमा राख्न सकिन्छ ।
सेल्फ प्रोपेल्ड मोर्टार सिस्टम चारपांग्रे अफरोड असल्ट भेहिकलमा राखिएको छ । युद्धभूमिमा छिट्टै पुर्याउन मिल्ने अनि शत्रुलाई क्षति पुर्याएर छिट्टै फर्काउन मिल्ने विशेषता यसको छ ।
PLA Xinjiang Military Command recently held a live-fire exercise with its newly commissioned self-propelled mortars. Analysts say it will provide many tactical advantages in rapid fire support since it's more flexible than larger artillery pieces. https://t.co/a1O3Tu0UUZ pic.twitter.com/eJ6F8IyRTC
— Global Times (@globaltimesnews) May 23, 2021