Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
नयाँदिल्ली- कुनै देशको विदेश नीतिसँग कपडा पसलकेा के सम्बन्ध होला रु तर, भारतको गुजरात प्रान्तको अहमदावादमा १० दिनअघि खोलिएको लुगा स्टोरको ‘हिटलर’ नाम राखिएकोमा इजरायलले असन्तुष्टि व्यक्त गरेको छ ।
एक वरिष्ठ इजरायली कुटनीतिकले संसारभरिका यहुदीलाई यसबाट आहात पुगेको प्रतिक्रिया दिएकी छिन् । संसारभरि दोस्रो युद्ध गराउने एडोल्फ हिटलरले ६० लाख यहुदीको नरसंहार गरेका थिए ।
विशेषगरी पुरुषको कपडा पाइने यो पसलको असंवेदनशिल नाम राखिएकोमा आफुलाई चोट पुगेको मुम्बईस्थित इजरायली महावाणिज्य दुत ओरना सागिवले बताएकी छन् ।
व्यवसायी राजेश शाहले हिटलरबारे आफुलाई केहि पनि जानकारी नभएको बताए ।
तपाईको प्रतिक्रिया