Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

पोखरा – पोखरा रंगशालामा दोस्रो गण्डकी प्रदेश क्योकुशिन कान कराते तथा २० औँ माछापुच्छ्रे फुल कन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न भयो । माघे संक्रन्ति मेला लाग्ने पोखरा १७ ढुङ्गेसाघुमा हुने प्रतियोगिता यो साल कोभिड-१९ का कारण रंगशालामा गरिएको संघका अध्यक्ष बेलबहादुर थापाले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

१९ औँ माछापुच्छ्रे फुल कन्ट्याक्ट कराते प्रतियोगिता सम्म सवै प्रतियोगिता फाइट गराइए पनि अहिले केही फरक गरेर प्रतियोगित गरिएको र खेलाडी शारीरिक रुपमा सक्षम भएको कारण दौड, काता लगायतका प्रतियोगिताको आयोजना गरिएको संघका सल्लाहाकर दिपक गोदारले जानकरी दिए ।

काता, दौड, फिजिकल र डेमोस्टेसनमात्र प्रस्तुत गरिएको प्रतियोगितामा म्याग्दी, स्याङ्जा, तनँहु, गोर्खा, कास्की बाग्लुङ लगायतका जिल्लाबाट सय जना खेलाडी सहभागी भएका थिए । प्रतियोगिताको सिनियर ब्ल्याक बेल्ट लेभलको एकल पुरुष तर्फ विनोद नेगि पहिलो, सम्राट सेन दोस्रो तथा महिला तर्फ संगम कुमाल पहिलो र प्रिज्मा कुमाल दोस्रो भएका थिए ।

उनीहरुले कालो बेल्टको परिक्षा गर्नुपर्ने काता प्रदर्शन गरेका थिए । समुह महिला काता प्रतियोगिता तर्फ संगम कुमाल, निर्मला क्षेत्री र सदीक्षा कुमाल प्रथम, दोस्रो प्रिज्मा कुमाल, सुविना क्षेत्री र ममता छन्त्यालको टोली भयो । पुरुष ३ किलोमिटर दौड प्रतियोगितामा सुनिल सिग्देल पहिलो र सितल कुमाल दोस्रो भए ।

महिला तर्फको दौडमा संगम कुमाल पहिलो र सदिक्षा कुमाल दोस्रो हुन पुगिन् । १२ वर्ष मुनिका एक सय मिटर दौडमा सोभित प्रत्यल प्रथम भए । सुशान्त श्रेष्ठ दोस्रो हुन पुगे । सोहि विधाका महिला तर्फ भने सुआना श्रेष्ठ पहिलो तथा युइशा श्रेष्ठ दोस्रो हुन पुगिन् । उनीहरु सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिता संयोजक दानबहादुर क्षेत्रीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया