Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौँ – अर्जेन्टिनाको अदालतले अनुसन्धानका लागि आवश्यक हुन सक्ने भन्दै चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको शव सुरक्षित राख्न आदेश दिएको छ ।

बीबीसीका अनुसार पितृत्व मामिलामा अनुसन्धान गर्न उनको डीएनए परीक्षण गर्न आवश्यक हुन सक्ने भन्दै अदालतले शव सुरक्षित राख्न भनेको हो । गत महिना हृदयाघातका कारण ६० वर्षीय म्याराडोनाको निधन भएको थियो ।

२५ वर्षकी मगाली गल नामकी एक युवतीले म्याराडोनाविरुद्ध अदालतको ढोका ढक्ढकाएकी छिन् । उनले म्याराडोना आफ्ना पिता हुनसक्ने दाबी गरेकी छिन् । यसै मामिलामा अदालतले म्याराडोनाको डिएनए स्याम्पल निकाल्नुपर्ने बताएको हो ।

उनले इन्स्टाग्राम भिडियोमा भनिन्, ‘डियागो म्याराडोना मेरा जैविक पिता हुन् कि होइनन् भनेर थाहा पाउने मेरो नैसर्गिक अधिकार हो ।’
उनको मृत्युपछि उनको शव २५ नोभेम्बरमा एक नीजि चिहानमा उनको आमाबुवाको समाधिस्थल नजिकै उनको अन्त्येष्टि गरिएको थियो । यद्यपि, नोभेम्बर ३० मा फोरेन्सिक परीक्षणका लागि आवश्यक सबै प्रक्रिया पूरा नहुञ्जेल उनको शवलाई गाड्न प्रतिबन्ध लगाएको थियो ।

बुधबारको निर्णयले यो प्रतिबन्धलाई पुनः बढाएको छ ।

म्याराडोनाका वकिलले रोयटर्ससँगको कुराकानीमा दिग्गज फुटबलरको डिएनए स्याम्पल पहिले नै उपलब्ध भएकोले उनको शवलाई पुनः निकाल्न आवश्यक नभएको बताएका छन् ।

म्याराडोनाका परिचित सन्तानले उनको सम्पत्तिका लागि अदालत धाउन थालेका छन् भने कोहीले पहिचानका लागि अदालको ढोका ढक्ढकाएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया