काठमाडौं -पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ पुस्तक ‘अर्थ-राजनीतिक विमर्श’ प्रकाशित भएको छ। पुस्तकमा डा भट्टराईले पछिल्लो समय लेखेका २२ आलेख समेटिएको छ, जसमा राजनीतिक वाददेखि भौतिक विज्ञान र समसामयिक वैश्विक घटनाक्रमहरु समेटिएका छन्।
पुस्तकका सन्दर्भमा डा. भट्टराईको भनाइ छ- ‘पुराना पार्टीहरु र वैकल्पिक नयाँ शक्तिको खोजीमा लागिरहेकाहरु पनि मौजुदा गतिरोध र असामान्जस्यमा फसिरहेको सन्दर्भमा यो पुस्ताकलाई वैचारिक बहसको थालनीको रुपमा लिएको छु।’
पुस्तकका सन्दर्भमा डम्बर खतिवडाद्वारा लिखित भूमिकामा भनिएको छ- ‘..यो पुस्तकले एक्काइसौं शताब्दीको वैश्विक-वैचारिक परिवेशलाई बुझ्न र विशेषत: उतर-गणतान्त्रिक युगको नेपाली राजनीतिको भावी कार्यदिशा निर्धारण गर्न गहिरो अभिप्रेरणा दिनेछ।’
‘अर्थ-राजनीतिक विमर्श’ पुस्तकले सबै खेमाका राजनीतिक अभियन्ता, विकास समृद्धिका आकांक्षी, नीति-निर्माता र बिशेषत: जिज्ञासु युवालाई आवश्यक सन्दर्भ सामग्री र बौद्धिक खुराक मिल्ने प्रकाशक सांङ्ग्रिला बुक्सको भनाइ छ।