काठमाडौं – व्यस्त शहरी जीवनमा शरीरलाई स्वस्थ राख्न खानाको अति नै महत्वपूर्ण भूमिका हुन्छ । जापानको व्यस्त जीवनशैलीमा स्वस्थ खानाका रुपमा परिचित प्रसिद्ध खाना ‘बेन्तो’ नेपाली बजारमा पहिलो पटक होक्काइदो रामन हाउसले लिएर आएको छ ।
‘बेन्तो’ जापानमा तालिम प्राप्त अनुभवी सेफले जापानको निगरानीमा तयार गरेको होक्काइदो रामेन हाउसले बताएको छ । आजबाट भाटभटेनीमा विक्रि शुरु भएको ‘बेन्तो’ पाँच किसिममा उपलब्ध रहेको छ ।
‘बेन्तो’को लागि कम्पनीले आवश्यक तरकारीहरू आफ्नै बारीमा फलाउने गरेको छ । अरू सामाग्रीहरू पनि जापानमा तालिम प्राप्त स्टाफहरूले विशेष ध्यान पुर्याई छानेका हुन्छन् । रामेन हाउसका अनुसार ‘बेन्तो’ रामेन हाउसकै सेन्ट्रल किचेनमा सावधानीपूर्वक तयार गरिन्छ ।
‘हामी जापानी खाद्य संंस्कृतिको चिनारी गर्दै ग्राहकलाई स्वादमा सन्तुष्टि र स्वास्थ्यको विशेष ख्याल राख्दै जापानी खानाको सौन्दर्यलाई पनि कायम राख्नेछौं ।’ रामेन हाउसले भनेको छ । होक्काइडो रामेन हाउसको मूल उद्देश्य भनेको नेपाल र जापानबीचको खाद्य संस्कृतिको सेतु बन्नु हो ।
हाल ‘बेन्तो’ नक्साल स्थित भाटभटेनी उपलब्ध हुनेछ । बिस्तारै बेन्तोको प्रकार भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट सञ्चालन गरि काठमाडौं, पोखरा, चितवन, विराटनगर लगायतका शहरी क्षेत्रमा बिक्री बढाउदै जाने होक्काइडो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले बताए ।