काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा रुपन्देहीमा दर्ता गरिनुपर्ने मुद्दा आज प्राविधिक कारणले स्थगित भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय, रुपन्देहीले अन्तिम तयारी पुगे पनि केही प्राविधिक कारणका कारण आज मुद्दा दर्ता गर्न नसकिने जानकारी दिएको छ।
लामिछानेसहित अन्यविरुद्ध बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको कोष अपचलन प्रकरणमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको थियो। सहकारीका १०,३९१ सदस्यले जम्मा गरेको १ अर्ब ३१ करोड रुपैयाँमध्ये ८६ करोड १८ लाखभन्दा बढी अपचलन भएको दाबी छ। अपचलित रकममध्ये १४ करोड रुपैयाँभन्दा बढी गोर्खा मिडिया नेटवर्कमा गएको आरोप समेत लागेको छ।
सरकारी वकिल कार्यालयले सम्बन्धित कानुनी प्रक्रियालाई अघि बढाउन प्रयास जारी राखेको जनाएको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।