काठमाडौँ – सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दसैँ, तिहार र छठ्लाईलक्षितगर्दै ग्राहकवर्गसँग पर्वको खुशी साट्न लगातार ६० दिन सम्म चल्ने “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा” उपहार योजना घोषणा गरेको छ ।
सिटीएक्स्प्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत ६० दिनलगातार हरेक दिन एक जना विजेतालाई १०,००० रुपैयँ उपहार प्रदान गरिने जनाइएको छ ।
कम्पनीका अनुसार यो अफर अशोज १५ गतेदेखि मंसिर १५ गते सम्म लागु हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फतदेश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राहीयो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमाकार्यरत कुनै पनिव्यक्तिलाई लागु हुने छैन ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचानबनाउदै बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया , अष्ट्रेलिया, लगायत संसार भरबाट विप्रेषण सेवाप्रदानगर्दै आइरहेको छ ।
आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्ष्तितरिकाले भुक्तानीप्रदानगर्ने, कुनै पनि बैंकको खातामा रकमजम्मागर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदानगर्दै आइरहेको छ ।