Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चीनले बनाएको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप आम नागरिकमा प्रयोग गर्न अनुमति दिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार चीनले बनाएको कोरोना विरुद्धको खोपलाई आम नागरिकमा लगाउन डब्लूएचओले अनुमति दिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चिनियाँ अधिकारीले सीएनएनसँग कुरा गर्दै डब्ल्यूएचओले चीनले तेस्रो चरणको परीक्षण गरिरहेको कोरोना विरुद्धको खोप आम मानिसमा लगाउन अनुमति दिएको पुष्टि गरेका हुन् । आफूले बनाएको कोरोना विरुद्धको खोप आम सर्वसाधारणमा लगाउन पाउने अनुमति डब्ल्यूएचओबाट पाएसँगै चीन कोरोना विरुद्धको भ्याक्सिन प्रयोग अनुमति पाउने पहिलो देश बनेको छ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारी झेङ झोङग्वेइले डब्लूएचओबाट खोप लगाउन मिल्ने जानकारी प्राप्त भएको बताएका छन् । कोरोना भाइरस फैलिएपछि चीनले कोरोना विरुद्धको खोप परीक्षणलाई तिब्रता दिएको थियो । अन्य देशलेसमेत खोप बनाएको दाबी गरे पनि डब्ल्यूएचओले चीनले बनाएकै खोपलाई अनुमति दिएको हो ।

चिनियाँ सरकारको स्वामित्व रहेको कम्पनी सिमोफोर्मले उक्त खोप बनाएको हो । उक्त कम्पनीले यसअघि पनि विभिन्न स्थानमा आपतकालीन अवस्थामा खोप प्रयोग गर्ने अनुमति पाएको थियो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाविरुद्ध यसअघि रुसले पनि खोप परीक्षणलाई तिब्रता दिएको छ । रुसले खोपको तयारी अन्तिम चरणमा पुगेको भन्दै डब्लूएचओमा दर्ता गरिसकेको छ । यसअघि नै उसले खोप बनिसकेको दाबी गरे पनि रुसको खोपबारे पश्चिमा विज्ञले आशंका गरेका छन् । –एजेन्सी 

तपाईको प्रतिक्रिया