Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

नयाँदिल्ली – दक्षिण भारतीय तथा हिन्दी सिने जगतका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । चेन्नईस्थित एक अस्पतालमा लामो समयदेखि उपचाररत उनको कोरोना संक्रमणबाट निधन भएको भारतीय सञ्चार माध्यले जनाएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

७४ वर्षीय उनलाई अगस्ट ५ मा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालमा भेन्टिलेटरमा उनको उपचार भइ रहेको थियो । एसपी बालासुब्रमण्यमले १९८९ मा सलमान खानको ‘मेने प्यार किया’ नामक चलचित्रमा समेत गीत गाएका थिए । उनले गाएका सबै गीत हिट पनि भएको थियो ।

गायक श्रीपथी पण्डितताराध्युल्ला बालासब्रमन्यमको जन्म सन् १९४६ जुन ४ मा भएको थियो । उनलाई एसपी बाला, एसपीबी र बालु आदि नामले पनि चिनिन्थ्यो । उनले आफ्नो ५० वर्षको चलचित्र क्षेत्रमा तेलगु, तमिल, कन्नड़, हिन्दी र मलयालम भाषामा करिब ४० हजार गीत गाएका छन् ।

तपाईको प्रतिक्रिया