Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – विश्वका कयौँ देशहरुमा कोरोनाको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । तीमध्ये अमेरिका र भारतको अवस्था अधिक खराब रहेको छ ।

कोराना भाइरसका कारण मर्ने मानिसहरुको संख्या हेर्ने हो भने सबैभन्दा धेरै अमेरिकामा नै रहेको छ । त्यहाँ २ लाख भन्दा धेरै मानिसहरुको मृत्यु भइसकेको छ ।

एक समय थियो, जब जापान, दक्षिण कोरिया र सिंगापुर जस्ता देशहरुमा संक्रमणका मामलाहरु अधिक तीव्र गतिमा बढिरहेको थियो, तर उनीहरुले बिना भ्याक्सिन भाइरसमाथि रोक लगाइदिए र कोरोना फैलने गतिलाई अधिक सुस्त बनाइदिए । यि देशहरुमा भाइरस कसरी नियन्त्रण भयो त?

विश्वभरका वैज्ञानिक कोरोनाबाट बच्नका लागि मानिसहरुलाई मास्क लगाउने सल्लाह दिइरहेका छन् । यसलाई जापान, दक्षिण कोरिया र सिंगापुरले अधिक गम्भीरताका साथ लियो र ठूलो मात्रामा मानिसहरुले पनि मास्क लगाउने नियमको पालना गरे । यसबाट तीव्र गतिमा फैलिदो संक्रमणमाथि अधिक मात्रामा लगाम लाग्यो । यि देशहरुमा भाइरस नियन्त्रणमा भएपनि मानिसहरु सतर्क छन् र मास्क लगाएर बाहिर निस्कन्छन् ।

न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा केही दिन पहिले एउटा रिपोर्ट प्रकाशित भएको थियो, जसमा वैज्ञानिकहरुद्धारा बताइएको थियो कि, कपडाबाट बनेको मास्क यदि सबै मानिसहरुले पूरै सतर्कताका साथ र सही तरिकाबाट लगाए भने यसले भ्याक्सिन सरह काम गर्दछ ।

रिपोर्टका अनुसार, यदि सबै मानिसहरुले मास्कको उपयोग गर्छन् भने यस्तोमा संक्रमित व्यक्तिबाट स्वस्थ मानिसहरुको शरिरमा भाइरस फैलने सम्भावना अधिक मात्रामा कम हुन्छ र यदि फैलियो भने पनि कम मात्रामा भाइरस हुने कारण व्यक्तिको शरिरमा भाइरस लोड कम हुनेछ, जसबाट गम्भीर रुपमा बिरामी हुने खतरा रहदैन ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया