Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – भारतमा एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजार जनाका दरले विरामीहरु सङ्क्रमणमुक्त भएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो तीन दिनमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या अत्यधिक धेरै रहेकाले सन्तोषजनक अवस्था रहेको मङ्गलबार जानकारी दिएको छ । मन्त्रालयले कुल सङ्क्रमितमध्ये झण्डै ८० प्रतिशत मानिसहरु सङ्क्रमणमुक्त भएको पनि जनाएको छ ।

मन्त्रालयको सामाजिक सञ्जालको आधिकारीक पेजमा लेखिएको छ, ‘भारतमा सङ्क्रमणमुक्त भएकाहरुको दैनिक सङ्ख्या उच्च हुँदै गएको छ, यो सङ्ख्या र अनुपात विश्वमै सवैभन्दा धेरै हो ।’

भारतमा सोमबारसम्ममा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाख ८७ हजार ५८१ पुगेको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमितमध्ये दश लाख तीन हजार २९९ जना अझै पनि सक्रिय सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ४३ लाख ९६ हजार ३९९ जना सङ्क्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया