Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – जापान रोजगारीको नाममा ठगी धन्दा मौलाएको छ । जापान रोजगार सुरु नहुँदै सयौं युवा दलालीबाट ठगिएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

वैदेशिक रोजगार विभागको पछिल्लो दुई वर्षको तथ्यांकअनुसार करिब सय जनाको ६ करोड रुपैयाँभन्दा बढी ठगी भएको छ । नेपाल र जापानबीच २०७५ चैत ११ गते स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लू) अन्तर्गत नेपाली श्रमिक जापान पठाउनेसम्बन्धी समझदारी भएसँगै म्यानपावर र दलालले ठगी धन्दा मच्चाएका हुन् ।

विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा जापान रोजगारीका नाममा एक करोड ५६ लाख ठगी भएको भन्दै २६ वटा उजुरी परेको छ । त्यस्तै आर्थिक वर्ष २०७५-७६ मा ४ करोड ३० लाख ठगी भएको भन्दै ५० भन्दा बढी उजुरी परेको छ ।

जापानले करिब दुई वर्षयता एसएसडब्लू भिसामा नेपाली कामदार लैजाने तयारी गरेको छ। सरकारी संयन्त्र (जीटूजी) बाट पठाइने समझदारी भए पनि दलाल र म्यानपावरले युवालाई प्रलोभन पारी ठगी धन्दा चलाउँदै आएका छन् ।

जापान रोजगारीका नाममा म्यानपावर तथा दलालले लाखौं रकम असुल्ने तर जापान नपठाउने गरेको पीडित बताउँछन् । डकुमेन्ट चार्जको नाममा लाखौं रकम असुल्ने गरे पनि एक वर्षसम्म भुलाउने गरेको पीडितको गुनासो छ । त्यसपछि पनि जापान नपठाउने र पैसा पनि फिर्ता नगर्ने क्रम बढ्दै गएको पीडितहरू गुनासो गर्छन् ।

आप्रवासी श्रमिकसम्बन्धी अनुसन्धानकर्ता रामेश्वर नेपालले कतिपय पीडितलाई उजुरी कहाँ गर्ने भन्ने जानकारी नभएको बताउँछन् । राष्ट्रिय मानव अधिकार आयोगले गरेको अध्ययनअनुसार २७ प्रतिशत उजुरी मात्रै फरफारक भएको पाइएको थियो । आयोगले १६ हजार उजुरीको अध्ययन गर्दा २७ प्रतिशत मात्रै उजुरी फरफारक भएको भेटिएको अनुसन्धानकर्ता नेपालले बताए। फरफारक भएको केसको पनि कार्यान्वयनमा समस्या छ ।

अनुसन्धानकर्ता नेपालका अनुसार कानुनबमोजिम दण्ड र जरिवाना नहुँदा शोषण र मानव तस्कर बढेको छ । जापान रोजगारीको चर्चा सुरु भएसँगै केही म्यानपावर व्यवसायीले पत्रिकामै विज्ञापन गरी राहदानी संकलन र पैसा असुल्न थालेका थिए । विभागले जापान रोजगारी प्रक्रियामै रहेकाले कसैलाई पनि विश्वास गरी राहदानी दिन र पैसा बुझाउन नहुनेमा सचेत गराएको थियो । –अन्नपूर्ण पोष्टबाट

तपाईको प्रतिक्रिया