Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

टोकियो – वर्कसायर हाथवका सिइओ तथा विश्व शेयर बजारका बादशाह वारेन बफेटले जापानका ५ वटा ठुला कम्पनीहरूमा लगानी गरेका छन् । उनले ऊर्जा तथा कच्चा पदार्थ उत्पादक उद्योगदेखि वस्तु व्यापार गर्ने कम्पनीहरूमा अर्वौँ डलर लगानी गरेका हुन् ।

आइतबार मात्र ९० वर्ष पुगेका दिग्गज लगानीकर्ता बफेटले एसियाको दोस्रो ठुलो अर्थतन्त्र भएको जापानका प्रमुख कम्पनीहरूमा गरेको यो अहिलेसम्मकै ठुलो लगानी हो । यसअघि उनले आफ्नो पुरानो मान्यतालाई तोड्दै बेरिक गोल्डमा ठुलो लगानी गरेका थिए ।

हालै अमेरिकी बैंकहरुमा आफूले गरेको लगानी फिर्ता गर्दै बफेट सुन खरिदमा लागे पछि सुनको कारोबार गर्ने कम्पनी बेरिक गोल्डको मूल्य शेयर बजारमा निकै माथी उचालिएको छ ।

अमेरिकी बैंकहरुको ठुलो लगानीकर्ताका रूपमा रहेका उनले ती बैंकको शेयर बेचेर सुन तथा एसियाली कम्पनीहरूमा लगानी बढाएपछि अमेरिकी अर्थतन्त्र र वित्तीय प्रणाली गम्भीर संकट तर्फ धकेलिँदै गएको अनुमान धेरैले लगाउन थालेका छन् ।

वर्कसायरले जापनिज ५ कम्पनीहरू इत्त्तोचू कर्पोरेसन, मारुबेनी कर्पोरेसन, मित्सुबीसी कर्पोरेसन, मित्सुई एन्ड कर्पोरेसन र सुमितोमो कर्पोरेसनको ५ प्रतिशत शेयर यसबिच खरिद गरेको जानकारी आइतबार वर्कसायरद्धारा जारी विज्ञेप्तीमा दिइएको छ ।

यी सबै ५ कम्पनीहरूमा बफेटले गरेको लगानीको कूल मूल्य ६ बिलियन डलर रहेको छ । अहिले यी ५ वटै कम्पनीको बजार मूल्यमा उत्साहप्रद ढंगले वृद्धि भइरहेको छ भने वफेटले शेयर बेचेका अमेरिकी बैंकहरु संकटको सामना गरिरहेका छन् ।

गोल्डको मूल्य पनि अत्यन्तै राम्रो देखिँदै आएको छ । हालको कोरोना महामारीबाट विश्व अर्थतन्त्र नै समस्यामा परिरहेका बेला बफेटको कम्पनीले भने इनर्जी क्षेत्रमा मात्र ४ बिलियन डलर लगानी गर्ने सम्झौता गरेको छ । डोमिनियन इनर्जी इन कर्पोरेसन नामक प्राकृतिक ग्यासको कारोबार गर्ने कम्पनीमा उनको यस्तो लगानी हुन गइरहेको छ ।

अन्य लगानीकर्ताहरू प्रविधिसँग सम्बन्धित कम्पनीहरूमा आकर्षित बनिरहेका बेला उनी भने वस्तु व्यापार गर्ने कम्पनीहरूमा नै आफ्नो लगानी बढाइरहेका छन् ।

सबै भन्दा महत्त्वपूर्ण कुरा त यो छ की बफेटले अहिले जापानमा त्यो बेला लगानी गरिहेका छन् जुन समय जापानमा आयोजना हुन गइरहेको टोकियो ओलम्पिक स्थगित भएको छ । यस बाहेक यहाँका प्रधानमन्त्री सीन्जो आबेले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका छन् ।

तर, बफेटको लगानीले जापनिज शेयर बजार भने थप उत्साहित बनेको देखिएको छ । सोमबारको कारोबारमा यहाँ १.८ प्रतिशतको सुचकांक वृद्धि भएको छ । लगातार तीन दिनको गिरावट पछि यो उत्साह देखिएको हो । जापानमा लगानी गर्ने विदेशी लगानकिर्ताहरुले यो वर्ष ४३ बिलियन डलरको लगानी फिर्ता गरिसकेका छन् ।

सन् २०१८ यताको सर्वाधिक ठुलो लगानी फिर्ता भइरहेको देख्दा समेत बफेटले भने यहाँ लगानी थपिरहेका छन् । बर्क सायरका अनुसार सो कम्पनीले जापानी कम्पनीहरूमा ९.९ प्रतिशतसम्म शेयर खरिद गर्नेछ ।

यसअघि उनले यस प्रकारको आक्रामक लगानी अमेरिकी कम्पनीहरू जस्तै कोकाकोला र एप्पलमा गरेका थिए । त्यसपछि सन् २०१६ मा अमेरिकाका प्रमुख ४ एयरलाइन्समा लगानी गरेका उनले कोरोना महामारी शुरु भएपछि ती एयरलाइन्सका शेयर बिक्री गरेका छन् ।

उनको कम्पनीको जम्मा पोर्टफोलियो २०७ बिलियन डलरको छ । जुन महिनाको अन्त्यसम्ममा देखिएको यो पोर्टफोलियोमा मूल्य बढी रहेको प्रविधि कम्पनी एप्पल देखि संकटको सामना गर्ने अवस्थामा पुगेको बैंक अफ अमेरिका कर्पोरेसन समेत रहेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया