Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

कास्की – पोखरामा आज थप एक कोरोना सङ्क्रमितकोे मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा सघन उपचार कक्षमा उपचारत पोखरा महानगरपालिका-१४ का ५८ वर्षीय पुरुष आज मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गत भदौ ७ गते अस्पतालको शल्यक्रिया विभागमा उनको पेटको आकस्मिक शल्यक्रिया गरिएकोे थियो । भोलिपल्ट नमूना सङ्कलन गरिएकामा भदौ १० गते कोरोनाको नतिजा पोजिटिभ आएको थियो । कोरोना पुष्टि भएपछि उनलाई कोभिड उपचार केन्द्रमा सारिएको थियो । पश्चिमाञ्चल अस्पतालमा अहिलेसम्म सातजना सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । हालसम्म गण्डकी प्रदेशमा १२ जना कोरोना सङ्क्रमित मृत्यु भएको छ ।

त्यसैगरी आज गण्डकीमा थप २८ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । नयाँ सङ्क्रमितहरु नवलपरासी (वर्दघाट सुस्ता पूर्व)का २१, लमजुङ छ तथा कास्कीमा एकजना छन् । लमजुङका सङ्क्रमित प्रहरीमा कार्यरत रहेको जनाइएको छ । हालसम्म प्रदेशमा सङ्क्रमितको सङ्ख्या दुई हजार ९४ पुगेको छ ।

तपाईको प्रतिक्रिया