Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक व्यापारमा सामान्य सुधार आएको छ। साउनमा व्यापार घाटा सुधार हुनुका साथै आयात र कुल वैदेशिक व्यापारमा पनि घटेको छ। निर्यात केही वृद्धि भएको छ।

कोरोनाभाइरस संक्रमणका कारणले अत्यावश्यकबाहेक अन्य वस्तुको आयात नभएपछि चालू आर्थिक वर्षको पहिलो महिना साउनमा आयात घटेको हो ।

हरेक वर्ष नेपालले केही वस्तु अर्बौँको निर्यात गर्छ । तर आयात परिमाणको तुलनामा भने यो नगन्य हो।

मुलुकमा सवैभन्दा धेरै मूल्यको इन्धन, सवारी साधन, उपकरण, सुनचाँदी आयात हुने गरेको छ । त्यस्तै नेपालबाट पाम आयल,सोयाबिन तेल, यार्न, ऊलन कार्पेट, जुट धेरै निर्यात हुने गरेको छ ।

केही वर्षको वैदेशिक व्यापारको तथ्यांक हेर्ने हो भने नेपालबाट उच्च निर्यात भएका वस्तुको सूचीमा शीर्ष स्थानमा पाम आयल छ।

पाम तेलको निर्यात सुरुवाट कै वर्ष २०७५ सालमा एकैपटक १० अर्ब ३३ करोडको भएको थियो। सोही वर्ष कार्पेटको निर्यात ७ अर्ब थियो। २०७६ सालमा पाम तेलको निर्यात बढेर १८ अर्ब ३१ करोडको भयो। यो नेपालको कूल निर्यातको १८ प्रतिशत हो।

यो तेल इन्डोनेसिया, मलेसिया र थाइल्याण्ड लगायतका देशबाट ल्याएर व्यवसायीले भारतमा निर्यात गर्छन् । नेपालमा यो तेल कच्चा तथा रिफाइनरीका रुपमा भित्रिने र यहाँबाट केमिकलयुक्त प्रशोधनपछि भारतमा निर्यात हुने गरेको भन्सारको विवरणमा उल्लेख छ ।

के हो पाम आयल ?

यो एक प्रकारको वनस्पतिजन्य तेल हो । अफ्रिकी मुलुकमा उत्पत्ति भएको यो तेल हाल इन्डोनेसिया र मलेसियामा धेरै मात्रामा उत्पादन गरिन्छ ।
पाम तेल पिज्जा, दुनट, चकलेटदेखि डोरनेट, स्याम्पु, टुथपेस्ट, लिपिस्टिक लगायतका सामाग्री बनाउन अत्यधिक प्रयोग हुन्छ ।

सूर्यमूखी र सोयाबिन तेलजस्तै गरी पाम आयलको प्रयोग पनि दक्षिण एसियाली मुलुक र अफ्रिकामा ब्यापक छ । कुनै पनि पकाएको वस्तुलाई अलि लामो आयु दिन तथा झुरुम्म बनाउनका लागि पाम आयल उपयोगी हुने बताइन्छ ।

यस्तो तेल कुल उत्पादनको ८५ प्रतिशत हिस्सा इन्डोनेसिया र मलेसियाले ओगट्छ । तर यो तेलको उत्पादन विश्वका ४२ देशमा पनि हुने वेबसाइटमा जनाइएको छ ।

केही वर्षअघि मुलुकबाट निर्यात हुने वस्तुमा अलैँची उच्च स्थानमा थियो। केही समय आइरन स्टिल पनि उच्च निर्यात भयो। अझ अगाडि जाने हो भने कार्पेट, तयारी पोशाक, यार्नको निर्यात उच्च थियो।

छिमेकी मुलुक भारतसँगै नेपालको व्यापारको हिस्सा ६० प्रतिशतभन्दा बढी रहेको छ । मुलुकमा आयात र निर्यात भारतबाटै सवैभन्दा धेरै हुने गर्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया