Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – विश्वमा दुई करोड ३८ लाख ३० हजार २६० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख १७ हजार ३६८ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । संक्रमित मध्ये हालसम्म एक करोड ६३ लाख ७२ हजार ९६२ व्यक्ति कोरोना मुक्त भएका छन् ।

विश्वभरमा ६६ लाख ३९ हजार ९३० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार ६९४ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५९ लाख १५ हजार ६३० जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८१ हजार ११४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ५८ लाख १७ हजार २४५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ १ लाख ९० हजार ८०३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६९ लाख ९३ हजार ६३१ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ६० हजार ४०२ जनाको मृत्यु भएको छ ।

युरोपमा ३३ लाख ९३ हजार ३५६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ५ हजार ७४० को मृत्यु भएको छ । एसिया ६३ लाख ९७ हजार ५०७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ३१ हजार ८०१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १२ लाख २३३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २८ हजार ५५ जनाको मृत्यु भएको छ । ओसियानामा २७ हजार ५६७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५५२ जनाको मृत्यु भएको छ । एएफपी

तपाईको प्रतिक्रिया