Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – नेपालमा सिकिस्त बिरामीको उपचारका लागि अत्यावश्यक आईसीयू र भेन्टिलेटरको अभाव हुने देखिएको छ । कोरोना भाइरस संक्रमणका सक्रिय संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरको अभाव हुने देखिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर २,६०० वटा आईसीयू शय्या र ९०० वटा भेन्टिलेटर छन् तर, यो संख्या अपुग हुने विज्ञहरुको चेतावनी छ । उनीहरुले गम्भीर बिरामी भएर सघन उपचार आवश्यक हुने व्यक्तिहरूको संख्या बढ्दै जाँदा संक्रमण अझ व्यापक स्तरमा फैलिए आईसीयू र भेन्टिलेटरको अभाव हुने तर्क गरेका छन् ।

गम्भीर अवस्थामा भएका बिरामीको जीवनरक्षाका लागि महत्त्वपूर्ण मानिने ती सघन उपचारसम्बन्धी संरचना अधिकांशतः काठमाडौं उपत्यकामै सीमित रहेको र राजधानीबाहिरका अस्पतालमा एकदमै कम भएको विज्ञहरूको भनाइ छ । उनीहरूले कतिपय अस्पतालमा सघन उपचार सेवा सञ्चालनका लागि दक्ष प्राविधिक जनशक्ति पनि आवश्यक पर्ने उल्लेख गरेका छन् ।

सघन उपचारको जोहो के छ ?
साउन २७ गतेसम्मको तथ्याङ्कअनुसार देशभरि उपलब्ध आईसीयू शय्या र भेन्टिलेटरमध्ये १,१३४ वटा शय्या र ५७६ वटा भेन्टिलेटर कोरोनाभाइरस सङ्क्रमितका लागि छुट्याइएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्, ‘कोभिड(१९ का लागि अस्पतालहरूलाई तयार अवस्थामा राख्न आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री, मानवीय तथा वित्तीय स्रोतको व्यवस्था गरिएको छ ।’ उनका अनुसार गम्भीर प्रकृतिका १,५०० बिरामीहरूको उपचारका लागि औषधि र आईसीयूका सामग्रीहरू मौज्दात छन् ।

साउन १४ गते भेन्टिलेटरर आईसीयूमा राखिएका बिरामीको सङ्ख्या २२ रहेकोमा साउन २७ गते अपराह्णसम्म बढेर ८८ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । तीमध्ये सर्वाधिक सङ्ख्या प्रदेश नं २ र वाग्मती प्रदेशमा छ । लकडाउन घोषणा गर्नुभन्दा अघि देशभरि भएका अस्पतालका आईसीयूमा १,५५० वटा शय्या र ७७० वटा भेन्टिलेटर थिए ।

मन्त्रालयका अनुसार अस्पतालहरूलाई ४०० भन्दा बढी आईसीयू शय्या र १६० वटा भेन्टिलेटर कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि मात्रै छुट्याउन विगतमा निर्देशन दिइएको थियो । सघन उपचारसम्बन्धी स्वास्थ्यकर्मीहरूको समूह ‘नेप्लिज सोसाइटी अफ क्रिटिकल केअर मेडिसिन’का महासचिव डा. हेमराज पनेरू सघन उपचारको क्षेत्र नेपालमा विकास हुने क्रममा रहेको र यसका लागि आवश्यक जनशक्ति, स्रोत तथा साधन अपर्याप्त रहेको बताउँछन् ।

उनका अनुसार तीन महिनाअघि गरिएको अध्ययनले काठमाडौंमा ५३० को हाराहारीमा सघन उपचार शय्या र झन्डै ३०० वटा भेन्टिलेटर रहेको देखाएको थियो । उनी भन्छन्, ‘काठमाडौंमा आईसीयू र भेन्टिलेटर दुवै चाहिने ३०० जति बिरामी भए भने हाम्रो क्षमताले थेग्नै सक्दैन । सरकारी अस्पताल अहिले नै व्यस्त छ । म काम गरिरहेको शिक्षण अस्पतालमा शय्याहरू भरिएका छन्, खाली नभई हामी केही गर्न सक्ने अवस्थामा हुँदैनौँ ।’

‘विगत दुई हप्तामा देखिए जस्ता सिकिस्त कोरोनाभाइरस सङ्क्रमितहरूको काठमाडौंमा रहेका सुविधासम्पन्न निजी अस्पताल र दुई तीनवटा सरकारी अस्पतालबाहेक अरूमा राम्रोसँग उपचार गर्न पनि गाह्रो छ । एकै पटक धेरै सङ्ख्यामा बिरामीहरू उपचार गर्न आए अवस्था निक्कै अप्ठेरो हुने देखिन्छ,’ उनले थपे ।

तपाईको प्रतिक्रिया