Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले रुसले तयार पारेको भनिएको कोरोना भ्याक्सिनबारे आफूलाई थाहा नभएकाले यसको मूल्यांकन गर्न नसकिएको बताएको छ ।

डब्लुएचओ अन्तर्गतको प्यान-अमेरिकन हेल्थ अर्गनाइजेसनका सहायक निर्देशक जरबास बारबोसाले भने- ‘रुसले भ्याक्सिन बनाउन सुरु गर्नेछ भन्ने सुनेको छु, । तर जबसम्म थप ट्रायल पूरा हुँदैन तबसम्म यस्तो गर्न हुँदैन ।’ जसले भ्याक्सिन बनाए पनि त्यो सुरक्षित हुनु पर्ने र त्यसलाई डब्ल्यूएचओको सिफारिस आवश्यक पर्ने उनको भनाइ छ ।

रुसले दुई महिना भन्दा कम समय मानवीय ट्रायल गरेपछि मंगलबार भ्याक्सिन दर्ता गरेको घोषणा गरेको थियो । राष्ट्रपति पुटिनले भ्याक्सिनको पहिलो डोज आफ्नी छोरीलाई दिएको घोषणा गर्दै अब ठुलो संख्यामा भ्याक्सिनको उत्पादन हुने घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया