Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले देशको नियामक निकायले कोरोनाभाइरस सङ्क्रमणविरूद्ध रुसमै विकसित एउटा खोपलाई स्वीकृति प्रदान गरेको बताएका छन् ।

उक्त खोप दुई महिनाभन्दा कम समय मात्रै मानिसहरूमा परीक्षण गरिएको थियो । पुटिनले उक्त खोप प्रभावकारी भएको र त्यसले प्रतिरोध क्षमतालाई बलियो बनाएको दाबी गरेका छन् । उनले आफ्नी एउटी छोरीलाई पनि उक्त खोप दिइएको बताए ।

ठूलो स्तरमा मानिसमा परीक्षण गर्न बाँकी भए पनि सरकारले उक्त खोपको प्रयोगलाई औपचारिक मान्यता दिएको हो । पश्चिमा देशका वैज्ञानिकहरूले रूसको खोप कार्यक्रमबारे प्रश्न उठाएका छन् । उनीहरूले रुसी अनुसन्धानकर्ताहरूले खोप परीक्षणको विधि पूरा नगरेको आशङ्का व्यक्त गरेका छन् ।

रुसले भने विभिन्न देशबाट उक्त खोपको एक अर्ब मात्रा माग आइसकेको दाबी गरेको छ । मस्कोले उक्त खोपको नाम स्पुत्निक राखिने जनाएको छ । स्पुत्निक सोभियत सङ्घले १९५० को दशकमा प्रक्षेपण गरेको पहिलो भू-उपग्रहको नाम हो ।

बीबीसी स्वास्थ्य संवाददाता फेर्गुस वाल्शका अनुसार अन्य समूहहरूले जस्तो मस्कोको गामालेया इन्स्चिच्युटले आफ्नो अध्ययनको कुनै सुरक्षा र प्रतिरोध क्षमतासम्बन्धी तथ्याङ्क सार्वजनिक गरेको छैन । त्यसले गर्दा स्वतन्त्र वैज्ञानिकहरूलाई यसको विश्लेषण गर्न असम्भव हुन्छ ।

‘राष्ट्रपति पुटिनमा रुसी विज्ञानको क्षमतासम्बन्धी विश्वलाई स्पष्ट सन्देश दिने व्यग्रता छ,’ उनी भन्छन्, ‘तर पहिलो हुनु मात्रै पर्याप्त छैन ।’ ‘अहिले बन्ने क्रममा रहेका कुनै कोभिड-१९ का खोपले कोरोनाभाइरसविरुद्ध सुरक्षा देखाएका छैनन्। मुख्य प्रश्न अझै अनुत्तरित नै छ ।’ -बीबीसी

तपाईको प्रतिक्रिया