Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – नेपालमा अहिलेसम्म १८३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म सातै प्रदेशमा गरि ६० जना महिला र १२३ जना पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार प्रदेश २ मा सबैभन्दा बढी ७८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जसमा ५८ पुरुष र २० महिला रहेका छन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा १४ पुरुष र १३ महिला गरेर २७ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । कर्णाली प्रदेशमा १६ पुरुष र ६ महिला गरेर २२ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ ।

सँगै गण्डकी प्रदेशमा १४ पुरुष र ६ महिला गरेर २० स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ भने बागमती प्रदेशमा ८ पुरुष र ८ महिला गरेर १६ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै प्रदेश ५ मा ६ महिला र ६ पुरुष गरेर १२ र प्रदेश १ मा ७ पुरुष र १ महिला गरेर ८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मंगलबार दिएको अपडेट अनुसार नेपालमा कोरोनाले अहिलेसम्म मृत्यु हुनेको संख्या ८३ पुगेको छ भने कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।

तपाईको प्रतिक्रिया