Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ४४३ जना कोरोना संक्रमितको उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयकाअनुसार ४४३ जनामध्ये ४०८ जना ‘आइसोलेसन’ कक्षमा, ३४ जना आइसीयु र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

जसमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ४९ जना, बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा ११२, कीर्तिपु स्थित आयुर्वेदिक अस्पतालमा ८८ जना, पाटन अस्पतालमा ८६, दुवाकोटस्थित केएमसी अस्पतालमा ८१, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ११ र धापासीस्थित ग्रान्डी अस्पतालमा छजना कोरोना संक्रमितको उपचार भइरहेको छ । मन्त्रालयकाअनुसार लक्षण देखिएका संक्रमितलाई आइसीयु कक्षमा राखिएको छ ।

तपाईको प्रतिक्रिया