Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कास्की र पर्सामा गरी दुई जनाको मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट कास्कीको पोखरा महानगरपालिका-१९ का ६२ वर्षीय पुरुष र पर्साको वीरगञ्ज महानगरपालिका-२ की २० वर्षीया युवतीको मृत्यु भएको हो ।

उनका अनुसार ६२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीरगञ्जकी २० वर्षीया युवतीको नारायणी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनीहरु दुवैको साउन २४ मृत्यु भएको उनले बताए । योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

तपाईको प्रतिक्रिया