काठमाडौं – नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३८० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३८० थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ ।