Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौँ – कोरोना भाइरससंगको लडाईमा न्युजिल्याण्डले उत्कृष्ट काम गरेको छ । न्युजिल्याण्डमा पछिल्लो सय दिनदेखि सामुदायिक स्तरमा कोरोना भाइरसको कुनै नयाँ संक्रमण देखा नपरेको जानकारी दिएको छ ।

देशको स्वास्थ्य मन्त्रालयले यसलाई कोरोनाको लडाईमा एक कोसेढुँगा सावित भएको बताएको छ । तर न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले यसलाई ढुक्क भएर नबस्न चेतावनी समेत दिएको छ । अहिले न्युजिल्याण्डमा २३ सक्रिय संक्रमित रहेका छन् र उनीहरुलाई कोरोना संक्रमण भएको पत्ता लागेपछि तुरुन्त सिमानामा रिकिएको थियो र प्रवन्धित आइसोलेसन सुविधामा राखिएको छ ।

स्वास्थ्य विभागका महानिर्देशक एशले ब्लुमफिल्डले संक्रमण रहित सय दिन पार गर्न एक चुनौतीको रुपमा रहेको बताएका छन् । उनले भने, ‘हामीले देशमा संक्रमण पुन फैलिन सक्ने चेतावनी दिएका छौँ र यस भाइरस पहिला नियन्त्रणमा आएका ठाउमा फेरी फैलिन पनि सक्छ । हामीले न्युजिल्याण्डको भविष्यमा हुनसक्ने संक्रमणसंग लड्न तयार हुनुपर्ने छ ।’

न्युजिल्याण्डमा ५० लाख जनसंख्या रहेको छ । कोरोना भाइरससँग सामना गर्न न्युजिल्याण्डको प्रयासको विश्वभर चर्चा भइरहेको छ । न्युजिल्याण्डले १९ मार्चमा आफ्नो सिमाना बन्द गरको थियो र अन्य देशका नागरिकलाई प्रवेशमा रोक लगाएको थियो । विश्व स्वास्थ्य संगठनले पनि न्युजिल्याण्डको प्रयासको प्रशंसा गरको छ ।

न्युजिल्याण्डमा पहिलो संक्रमणको शुरुवात फेब्रुवरीमा आएको थियो र कुल एक हजार दुई सय १९ कोरोना संक्रमित रहेका थिए र यसको सय दिन पछि कोरोना संक्रमण देखिएको छैन । अहिले न्युजिल्याण्डमा सामाजिक दुरी बिना नै दैनिक जनजीवन चलिरहेको छ ।

यससंगै न्युजिल्याण्डमा खेल र सांस्कृतिक कार्यक्रम संचालन गर्न छुट मिलेको छ । देशको सिमाना अहिले पनि कडा नियम लागु गरिएको छ र विदेशबाट आउने सबै यात्रीहरुलाई १४ दिनको क्वारेन्टाइनको पालना गर्नुपर्ने हुन्छ । सरकारले भने देशमा कोरोनाको दोश्रो लहर आउन सक्ने सम्भावना रहेको बताएको छ । त्यसैले मानिसहरुलाई मास्कको साथमा आवश्यक इमर्जेन्सी किट पनि साथमा राख्न निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया