Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – नेपालमा रहेको कोभिड-१९ को अणुवांशिक (जिन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड-१९ का १५ जना सङ्क्रमितको नमूना लिएर जिन सिक्वेन्सिङको प्रक्रिया शुरु गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

परिषद्ले नेपाली वैज्ञानिक विज्ञ र अनुसन्धानकर्ताबाट पहिलो पटक निजी प्रयोगशालामा जिन सिक्वेन्सिङ थालिएको परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले जानकारी दिए । नेपालमा सङ्क्रमितमा रहेको कोभिड-१९ को जिन कस्तो प्रकारको रहेको भनेर अध्ययन थालिएको हो । अध्ययनबाट यहाँ रहेको कोभिड-१९ को भाइरस कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्नेछ ।

सबै देशले आफ्नो देशमा सङ्क्रमित व्यक्तिमा भएको भाइरस कस्तो छ भनेर जिन सिक्वेन्सी गरिरहेका छन् । परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेगनाथ धिमालले फरक फरक सङ्क्रमित व्यक्तिको नमूना लिएर जिन सिक्वेन्सिङ गर्न थालिएको बताए । उनका अनुसार सङ्क्रमित भएर मृत्यु भएका, सङ्क्रमित भएर निको भएका, लक्षणरहित र सामान्य सङ्क्रमित, बालबालिका, युवा र वृद्धा सङ्क्रमित तथा फरक फरक देशबाट आएका सङ्क्रमितको नमूना सङ्कलन गरेर जिन सिक्वेन्सिङ गर्न थालिएको हो ।

अध्ययनका लागि परिषद्ले काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेर पनि जिन सिक्वेन्सिङका लागि आवश्यक किट नआएकाले निजी प्रयोगशालाले गरिरहेको छ । ‘हामीले काठमाडौं विश्वविद्यालयसँग जिन सिक्वेन्सिङ गर्न भनेर सम्झौता गरेका थियौं’, डा. धिमालले भने, ‘तर विश्वविद्यालयसँग आवश्यक किट नआएकाले निजीलाई सिक्वेन्सिङको काम दिएका छौं ।’

उनले करीब ६० वटा नमूनाको जिन सिक्वेन्सिङ गर्ने योजना रहेको भन्दै आगामी नयाँ नमूनाको भने विश्वविद्यालयमा नै जिन सिक्वेन्सिङ गर्ने बताए । सङ्क्रमित व्यक्तिको स्वाब र रगतबाट जिन सिक्वेन्सिङ गरिने छ ।

उनका अनुसार अबको दुई हप्ताभित्र नतिजा आउनेछ । अध्ययनबाट कोरोना भाइरस कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्छ । ‘जिनको अध्ययनले भाइरस कस्तो रहेको छ भन्ने थाहा हुन्छ’, उनले भने, ‘भाइरस पत्ता लागेपछि कोभिड-१९ विरुद्धको भ्याक्सिन बनेपछि प्रयोग गर्न सकिन्छ ।’

वरिष्ठ अनुसन्धान अधिकृत धिमालका अनुसार फरक फरक देशबाट आएका सङ्क्रमितको नमूना सङ्कलन गरेर जिनको अध्ययन गरिनेछ । ‘हामीले फरक फरक देशबाट आएका सङ्क्रमित व्यक्तिको जिन अध्ययन गर्नेछौं’, उनले भने, ‘जिन सिक्वेन्सिङले कुन देशबाट आएका मानिसमा कस्ता प्रकारको भाइरसको जिन छ भन्ने पत्ता लगाउँछ ।’

अध्ययनबाट कोभिड-१९ को सङ्क्रमणले मानिसको रगतमा कुन कुन चीज उत्पन्न भएको छ भनेर पनि पत्ता लाग्नेछ । नेपालमा पहिले देखिएका सङ्क्रमित रहेकामध्ये ९८ प्रतिशत कोभिड-१९ को मेडिकल लक्षण चिह्न (क्लिनिकल साइन सिन्ट्रोम) नभए पनि आजभोलि देखिने सङ्क्रमितमा ३३ प्रतिशतमा लक्षण देखापर्न थालेका छन् ।

जिन पत्ता लगाएपछि कोभिड-१९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिनेछ । परिषद्ले जिनको अध्ययनपछि गुणस्तरीय छ कि छैन भनेर परीक्षण गर्नका लागि विश्व स्वास्थ्य सङ्गठनको स्वीकृतमा प्राप्त विदेशका प्रयोगशालामा १० प्रतिशत नमूना परीक्षणका लागि पठाउने छ ।

तपाईको प्रतिक्रिया