Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – पछिल्लो २४ घण्टामा बारा र पर्सामा एकै दिन अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन् । दुई जिल्लामा आज १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार ४८८ वटा नमुनाको पीसीआर परीक्षण गर्दा १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डा. मदन उपाध्यायले जानकारी दिएका छन् । तीमध्ये पर्सा पोखरियाकी १८ वर्षकी युवतीको मृत्यु भएको छ ।

वीरगञ्ज कारागारका ३२ जना, सिमरा क्वारेन्टिनका १७ जना, ज्वरो आएका कारण गण्डक हस्पिटलमा भर्ना भएका दुई जना, वीरगञ्ज चिनी मिलमा गरिएको परीक्षणमा ५ जना र त्रिजुद्ध स्कुलमा गरिएको मास टेष्टिङ र कन्ट्याक्ट ट्रेसिङमा परेकाको पीसीआर परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वीरगन्ज कारागारका जेलर श्रवण, नेपाली सेना र वीरगन्ज भन्सारमा खटिएका सशस्त्र प्रहरी समेत छन् ।

तपाईको प्रतिक्रिया