Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – गत वर्ष डिसेम्बरको अन्त्यतिर पहिलो पटक मानिसमा देखिएको कोरोनाभाइरस (कोभिड-१९) तीन महिनामा नै विश्वका लागि ठूलो चुनौतिका रुपमा खडा भयो । विश्व स्वास्थ्य संगठनले विश्व महामारीका रुपमा कोरोनालाई चित्रित गरेको पनि अब निकै समय भइसकेको छ ।

अनि यही भाइरसका कारण बुधबार दिउँसोसम्म विश्वभर ७ लाख ४ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि जनवरीमा नै कोरोनाभाइरसका पहिलो संक्रमित भेटिएका थिए । चीनबाट फर्किएका यी युवामा ठिक भए । विस्तारै जब नेपालमा कोरोनाभाइरस संक्रमित बढ्न थाले, सरकारले ११ चैतबाट लकडाउन लगायो ।

४ महिना लामो लकडाउन साउन ८ गतेदेखि अन्त्य भएको सरकारले घोषणा गर्यो । त्यो बेला संक्रमणदर उरालो लाग्दैथियो तर, विडम्बना लकडाउन खेलेकै दिनदेखि संक्रमितको संख्या बढ्न थाल्यो । योसँगै काठमाडौं र नेपालका विभिन्न जिल्लामा अहिले मानिसहरुको मुभमेन्ट निकै बढ्न थालेको छ । पछिल्ला दिनमा समुदायस्तरमा कोरोनाभाइरस संक्रमण फैलिएको भन्दै देशका जिल्लामा लकडाउन र सिल गर्ने कार्य जारी छ ।

यता, काठमाडौंमा पनि अब दिनहुँ कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेको छ । मंगलबारसम्मको विवरणअनुसार काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७२७ पुगको छ । मंगलबार ६३ जना संक्रमित भेटिएसँगै संक्रमितको संख्या ७२७ पुगको हो । उपत्यकाका जिल्लाहरू काठमाडौंमा ५४१जना, ललितपुरमा १०९ जना र भक्तपुरमा ७७ जना कोरोना संक्रमित पुगेका छन् ।बन्दाबन्दी खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या पाँच गुणाले बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या बढिरहेको देखिएको हो । उपत्यकामा करीब एक महीनाको अन्तरमा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै पाँच गुणाले बढेको देखिएको छ ।

काठमाडौं नयाँ हटस्पट हुनसक्छ
संक्रमण देखिएका अन्य जिल्लाबाट मानिसहरू आउने क्रम जारी रहेको र भविष्यमा बढ्न सक्ने भएकाले काठमाडौं उच्च जोखिममा रहेको जनस्वास्थ्यविद् बताउँछन् । यदि सावधानी अपनाउन सकेनौँ भने स्थिति एकदमै भयावह हुनसक्ने शुक्रराज ट्रपकिल तथा सरुवा रोग अस्पतालका संयोजक डा. शेरबहादुर पुनको चेतावनी छ ।

‘लकडाउन अन्त्य भएपछि पछिल्ला दिनहरुमा झन् झन् समस्या देखिएको छ,’ उनले भने, ‘यसले काठमाडौंजस्ता सहरहरुलाई अझ बढी प्रभावित गर्ने सम्भावना बढेको छ ।’ यो खतरा बढ्नुको एउटा कारण हामी नेपालीहरुले आफ्नो ट्राभल हिस्ट्रि नराख्ने र पछिल्लो समय काठमाडौंमा विभिन्न जिल्लाबाट मानिसहरु प्रवेश गरिरहेको कुरालाई डा. पुन मान्छन् ।

काठमाडौं उपत्यकामा कोरोनाभाइरसले महामारी लिनसक्ने सम्भावना बढेको भन्दै उनले यस्तो भएको खण्डमा यसलाई व्यवस्थापन गर्न र नियन्त्रणमा लिन निकै चुनौतिपूर्ण हुने बताए । ‘समयमा सावधानी अपनाएनौँ भने काठमाडौं कोरोनाभाइरसको नयाँ हटस्पट हुनसक्छ,’ उनले भने, ‘कोरोनाको निर्णायक लडाइँ काठमाडौंमा हुनसक्छ ।’

प्रधानमन्त्रीद्वारा विज्ञसँग छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारी रोकथामका बारेमा विषय विज्ञ तथा विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेका छन् । लकडाउन खुलेपछि कोरोनाभाइरस महामारीको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न विज्ञहरूसँग परामर्श गरेका हुन् ।मंगलबार भएको छलफलमा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन कार्कीले भने- ‘एकैपटक लकडाउन खुल्यो भन्दा जनतामा गलत अर्थ दिने सन्देश गएको छ । आंशिक लकडाउन लामो समय राखिराख्नुपर्छ।’ डा. कार्कीका अनुसार बैठकमा उपस्थित झण्डै डेढ दर्जन विज्ञहरूले थप दुई साता देशव्यापी लकडाउन लगाउनुपर्ने, स्थानविशेषको प्रभाव हेर्दै ती ठाउँमा मात्र लकडाउन लगाउन सकिनेदेखि केहीसमय कर्फ्यु नै लगाउनुपर्ने सुझाव दिएका थिए ।

यी हुन् विज्ञका थप सुझाव
-परीक्षण गरिएका शङ्कास्पद मानिसहरूलाई रिपोर्ट नआउँदासम्म यात्रा गर्न दिन नहुने
-आंशिक लकडाउन कायम राख्दै त्यसका सम्भावित चरणहरू स्पष्ट पार्नुपर्ने
-विदेशबाट आएकाहरूबाट सङ्क्रमण सर्ने घटना रोक्न देशभित्रकै विभिन्न नाका र देश छिर्ने नाकामा अनुगमन प्रभावकारी गर्नुपर्ने
-काठमाडौंमा थप ‘टस्पट’को पहिचान गर्न समुदाय स्तरमा परीक्षण बढाउने
-सवारी यातायातमा जोरविजोर प्रणाली उपयुक्त हुने
-रेष्टुराँहरूमा भइरहेका त्यहीँ बसेर खानेजस्ता नियम दुरूपयोगको अनुगमनका साथै र नियम नमान्नेलाई कारबाही हुनुपर्ने
-सङ्क्रमित स्वास्थ्यकर्मीको उद्धार, उपयुक्त उपचार र मनोबल बढाउने कामलाई उच्च प्राथमिकता दिनुपर्ने

तपाईको प्रतिक्रिया