Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

टोकियो – जापानमा मंगलबार १,२३९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

हिजो टोकियोमा ३०९, ओसाकामा १९३, खानागावामा ८९, साइतामामा ४९, होक्काइदोमा ११, चिबामा ४७, फुकुओकामा ८९, आइची १२० र देशका अन्य प्रान्तमा गरि देशभर १,२३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी हिजो देशभर पाँच जना संक्रमितको ज्यान गएको छ ।

बुधबार बिहानसम्ममा डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितका संक्रमितहरुको संख्या ४२,१६७ जना पुगेको छ ।

जापानभरमा अहिलेसम्म कोरोना भाइरसको कारणले क्रुज पानीजहाजका यात्रुहरु सहित १०३६ जनाले ज्यान गुमाएका छन् भने २७,८५६ जना संक्रमणमुक्त भएका छन्।***

तपाईको प्रतिक्रिया