Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपालमा १२ वटा अस्पतालबाट कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार हुने भएको छ । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले नेपालमा कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न १२ वटा अस्पताल तोकेको जानकारी गराएका छन् ।

नेपालमै पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार सफल भएलगतै एनएचआरसीले देशभर यसलाई विस्तार गर्न लागेको हो । केहि दिन अघि काठमाडौँको शिक्षण अस्पतालमा एक संक्रमितको प्लाज्मा थेरापीबाट उपचार गरिएको र उनी कोरोना मुक्त भएका थिए । सदस्य सचिव डा. ज्ञवालीले प्लाज्मा थेरापीबाट तथा क्लिनिकल अध्ययन लागि नौ सरकारी र तीन निजी अस्पताल छनोट गरिएको बताए ।

जसमा सरकारीतर्फ त्रिवि शिक्षण अस्पताल, पाटन, शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी, नारायणी र धुलिखेल अस्पताल रहेका छन् भने निजीतर्फ मेडिसिटी, ह्याम्स र ग्राण्डी अस्पताल छनोट गरिएको छ । प्लाज्मा थेरापीबाट हुने उपचार दाता र उपचार गर्ने दुबैको स्वेच्छाले मात्र यो विधिबाट उपचार गरिने उनले बताए ।

यसका लागि सरकारले स्पष्ट गाइड लाइन समेत बनाएको डा. ज्ञवालीले जानकारी दिएका छन् । जसमा दाता कोरोना संक्रमण भएर निको भएको, पछिल्लो १४ दिनसम्म कुनै लक्षण नदेखिएको र रक्तदानसम्बन्धी नेपाल रेडक्रस सोसाइटीको मापदण्ड पूरा भएको हुनुपर्ने उल्लेख छ । साथै प्लाज्मा रिसिभर गर्न कोरोना संक्रमित, १८ वर्ष उमेर पुगेको र अस्पतालमा भर्ना भएको हुनुपर्ने, स्वास्थ्य अस्वथा गम्भीर वा ज्यान जोखिममा पर्न सक्ने चिकित्सकको राय चाहिने उनले बताए ।

तपाईको प्रतिक्रिया