Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि ट्राफिक महाशाखा सिल गरिएको छ ।

गत शुक्रबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनमा दुई ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि महाशाखा सिल गरिएको हो । महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि महाशाखामा आवतजावतमा रोक लगाइएको जानकारी दिए ।उहाँ

ले कोरोना पुष्टि भएका प्रहरीको सम्पर्कमा आएकालाई बाहिर आवतजावतमा समेत बन्द गरिएको जानकारी दिए । यस्तै महाशाखाभित्र बस्ने ३७५ ट्राफिक प्रहरी कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ ।

महाशाखामा हाल एक हजार ५०० भन्दा बढी ट्राफिक प्रहरी कार्यरत रहे पनि ३७५ जना क्वारेन्टिनमा रहेकाले बाँकीलाई सवारी चापको अवस्था हेरेर काममा खटाइएको महाशाखा प्रमुख ढकालले बताए । क्वारेन्टिनमा बसेका प्रहरीको चाँडो स्वाब सङ्कलन गर्ने तयारी भइरहेको महाशाखाले जनाएको छ । स्वाब सङ्कलनको रिपोर्ट नआएसम्म महाशाखाभित्रबाट सेवाग्राहीका लागि गरिने दैनिक कामकाज रोकिने छन् ।

तपाईको प्रतिक्रिया