Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

टोकियो – रुसी स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले आगामी अक्टोबर महिनामा नागरिकहरुलाई कोरोनाको खोप दिने तयारी भइरहेको जनाएका छन्।

यसका लागि उक्त महिना खोप अभियान सञ्चालन गरिने जनाइएको छ।

रुसी सञ्चारमाध्यमका अनुसार खोप सबैभन्दा पहिला डाक्टर र शिक्षकहरुलाई दिइनेछ। समाचार एजेन्सी रोयटर्सले अज्ञात स्रोतलाई उद्दृत गर्दै जनाएअनुसार रुसले निर्माण गरेको कोरोनाविरुद्धको खोपलाई यसै महिना नियामक निकायको स्वीकृति प्राप्त हुनेछ।

यद्यपि कोरोना भ्याक्सिन बनाउने रुसी प्रयासलाई केही विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।

शुक्रबार अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा एन्थोनी फौसीले रुस र चीनले कोरोना खोप नागरिकहरुलाई दिनुपूर्व यससँग सम्बन्धित सबै परीक्षण पूरा गर्नुपर्ने बताएका थिए।

डा फौसीले यसैवर्षको अन्त्यसम्म अमेरिकाले सुरक्षित र प्रभावकारी कोरोना खोप तयार गर्ने बताएका छन्।

हाल विश्वभर करिब २० वटा खोपको परीक्षण जारी छ।

रुसी स्वास्थ्यमन्त्रीका अनुसार मस्कोको गामालेया इन्सिच्युटले कोरोना खोपको क्लिनिकल परीक्षण पूरा गरेको र यसलाई दर्ता गर्ने प्रक्रिया जारी रहेको जनाएका छन्।

तपाईको प्रतिक्रिया