Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – सरकारी अनुरोध र मापदण्डको पालनाहरू थुप्रैतिरबाट नहुनुलाई दुःखद् भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मापदण्ड पालना नहुँदा त्यसले देशको जनस्वास्थ्यमा ठूलो दुर्घटना निम्त्याउन सक्ने चेतावनी उनको चेतावनी छ ।

डा. गौतमले भने- ‘सिराहामा आमसभा भएको छ, दुई तिन दिनयता काठमाडौंमा साना साना सभाहरू भइरहेका छन् । यी सभाहरू हाम्रा लागि दुस्खद् छन् ।’ उनले काठमाडौंमा संक्रमितहरूको सङ्ख्या बढिरहेको पक्षलाई समेत चिन्ताको रूपमा औँल्याए । देशभर झण्डै २० हजार नजिक संक्रमितको संख्या पुग्दा राजधानीमा ५ सय बढीमा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निगरानीमा बस्नुपर्ने विषयमा सरकारबाट दिनहुँ अनुरोध गरिरहेको भए पनि त्यसको पालना नभइरहेको उनको भनाइ थियो । ‘यसले हाम्रो जनस्वास्थ्यमा ठूलो दुर्घटना ल्याउने कुरा म जानकारी गराउन चाहन्छु,’ उनले भने । उनले थुप्रैतिर सीमा नाकामा पनि नियन्त्रण नभइरहेको बताए ।

डा. गौतमले यदि जनस्वास्थ्यका मापदण्डहरू पालना गरिएनन् भने काठमाडौंसहित देशभर बढिरहेका कोभिड-१९ का बिरामीहरूले अस्पतालमा शैय्या वा सघन उपचार कक्षहरू (आइसीयू) नपाउन सक्ने चेतावनी समेत दिएका छन् । प्रवक्ता डा गौतमका अनुसार समूहमा बस्नेहरूमा यतिखेर कोभिड-१९ को संक्रमण बढिरहेको पाइएको छ ।

नेपालमा शुक्रवार साँझसम्म १९,७७१ मा कोरोना पुष्टि भएको छ भने अहिलेसम्म १४,३९९ निको हुँदा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया