Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौँ – बुधबार काठमाडौँ उपत्यकामा थप १५ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौँमा थप १४ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

त्यस्तै भक्तपुरका एक जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले २१० जना संक्रमित थपिएको जानकारी दिएका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ३६० रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४६ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १४ हजार २१ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा ६ हजार ३७ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ३ लाख ५८ हजार ३४४ नमुनाको पिसिआर परिक्षण भएको छ ।

त्यस्तै अहिले देशभरमा १४ हजार ४७१ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार १३९ जना आइसोलेसनमा रहेका छन् । नेपालमा कोरोनाबाट अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया