Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । पछिल्लो विवरण अनुसार संसारभरका १ करोड लाख ६४ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर १ करोड ६४ हजार ६ सय ३४ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ६ लाख ५२ हजार ६०५ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १ करोड ६४ लाख ४२ हजार ३३४ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ४९ हजार ८ सय ४९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ४३ लाख ७१ हजार ८३९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५६ हजार १३० भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ४५१ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या २४ लाख १९ हजार ९०१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५५६ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ८७ हजार ५२ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ हजार ८१२ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ५२५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख ३६ हजार १९ पुगेको हो ।

तपाईको प्रतिक्रिया