Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएका छन् । मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर उनको उपचारमा सरकारले सक्दो सहयोग गर्ने बताए ।

‘तपाईंको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ,’ पीडितसित कुरा गर्दै उनले भने, ‘घटनामा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ ।’ सो अवसरमा मन्त्री ढकालले पीडितका आफन्त तथा चिकित्सकसँग उपचारबारे जानकारी लिएका थिए ।

उनीसँगै सांसद यज्ञराज सुनुवार पनि पीडितलाई भेट्न अस्पताल पुगेका थिए । सो अवसरमा मन्त्री ढकालले कीर्तिपुर अस्पतालको अवस्थाबारे त्यहाँका पदाधिकारी तथा चिकित्सकसित जानकारी लिएका थिए । स्थानीय सीतापाइलामा बस्दै आएकी ओखलढुङ्गाकी २२ वर्षीया युवतीलाई बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले तेजाब प्रहार गरेका थिए ।

फैयाजलाई रौतहट लक्ष्मीपुर-४ का मोहम्मद आलमले युवतीमाथि तेजाब छ्याप्न लगाएका थिए । दुवै अभियुक्तलाई प्रहरीले बिहीबार राति नै डल्लुबाट पक्राउ गरेको थियो । प्रहरी कल डिटेल र सिसी क्यामराको सहायताले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । मोहम्मद काठमाडौंको एक कपडा कारखानाका मालिक तथा फैयाज कामदार भएको खुलेको छ । पीडित युवती र उनकी दिदी पहिला मोहम्मदकै गार्मेन्टमा काम गर्थे । पछि पीडित युवतीले उक्त कारखानामा काम गर्न छाडेकी थिइन् ।

पीडित युवतीको उपचारमा संलग्न चिकित्सक डा. सुरेन्द्र बस्नेतले उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको बताए । ‘पहिलाभन्दा अहिले घाउ ठीक हुँदै गएको छ,’ उनले भने । उपचारमा केही समय लाग्ने बस्नेतको भनाइ थियो । तेजाब प्रहारबाट युवतीको अनुहारको दायाँपट्टिको भाग जलेको छ ।

तपाईको प्रतिक्रिया