Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
ललितपुर- नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पनि मोर्चाबन्दीको पक्षमा नरहेको बताउनुभएको छ ।
आज यहाँ आयोजित नेकपा (एमाले) ललितपुर २ नं निर्वाचन क्षेत्रीय कमिटीको भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले एमाओवादी कमजोर बन्दै गएपछि मोर्चाबन्दीमा लागेको भन्दै यसले राजनीतिक ध्रुवीकरण बढाउने बताउनुभयो ।
नेता नेपालले जातीय एजेन्डालाई उचालेर एमाओवादीले देशलाई द्वन्द्वमा फसाउन खोजेको उल्लेख गर्दै राष्ट्रिय अखण्डतालाई जोगाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
अहिलेको सङ्कट समाधानका लागि सहमतिको सरकार बनाइनुको साटो दलहरू आ-आफ्नै अडानमा अडिक भएको भन्दै उहाँले लोकतन्त्र र परिवर्तनलाई संस्थागत गर्न सबै सरोकारवाला अग्रसर हुनुपर्ने खाँचो औँल्याउनुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले नेता नेपालले वर्तमान सरकार संवैधानिक शून्यता गराएर मुलुकमा थप सङ्कट लम्ब्याउन उद्धत भएको टिप्पणी गर्नुभयो ।
तपाईको प्रतिक्रिया