टोकियो – कोरोना भाइरस महामारीको बढ्दो संक्रमणका कारण विश्वव्यापी व्यापारमा गहिरो प्रभाव परेको छ।
जापानको निर्यात दोहोरो अंकमा गिरेको छ । कोरोना भाइरस संक्रमणको तीव्र वृद्धिले विश्वव्यापी व्यापारमा गहिरो प्रभाव पार्दा विश्वव्यापी माग पनि प्रभावित भएको छ ।
सम्पूर्ण विश्वको अर्थतन्त्र मन्दीमा गएको देखिन्छ ।
जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश हो । यदि यहाँ मन्दी छ भने विश्वव्यापी आर्थिक अवस्था खराब हुनेछ ।
जापानबाट कार र अटोपार्ट्सको मागमा ठूलो गिरावट आएको छ ।
कोरोना विरुद्ध विश्वका धेरै देशहरुले मार्चमा लकडाउन लागू गरेको गरेका थिए। त्यसयता कार र अन्य टिकाऊ सामानहरूको माग एकदमै कम भएको छ। व्यवसायहरू बन्द छन् भने मानिस घरभित्रै सिमित भएका छन्।
यो बीचमा धेरै देशहरूले आफ्नो अर्थव्यवस्था खोलेका छन्, तर यसले तत्काल प्रभाव कम गर्ने पकुनै सम्भावना देखाएको छैन।
नोरिनचकिन रिसर्च इन्स्टिच्युटका चिफ अर्थशास्त्री ताकेसी मिनामीले समाचार एजेन्सी रोयटर्सलाई भनेका छन्, ”निर्यातमा उतार चढाव लामो समयसम्म रहनेछ। अमेरिका र अन्य धेरै देशहरूमा कोरोनाको बढ्दो घटनाहरूले गर्दा अवस्था झनै नराम्रो भएको छ। यदि स्वदेशी र विदेशी माग यस्तै प्रकारले घट्दै गयो भने, सप्लाई क्षमतामा गम्भीर समस्या देखिनेछ। यसका कारण धेरैले रोजगारी गुमाउँनेछन्।”
जापानको विदेश मन्त्रालयको तथ्यांकका अनुसार गत वर्षको जुन महिनाको तुलनामा यस वर्षको जुन महिनामा निर्यात २६.२ प्रतिशतले घटेको छ। जापानको निर्यातमा आएको गिरावट अनुमान भन्दा बढी छ।
संयुक्त राज्य अमेरिका २०१८ मा जापानको सबैभन्दा ठूलो निर्यात बजार थियो, त्यस पछि चीन। जापानले मुख्यतया कार, मोटर, कार पार्ट्स र चिप-मेसिनरी निर्यात गर्दछ। जापानको चीनसँगको निर्यात ०.२ प्रतिशतले घटेको छ।
जापानबाट चीन जाने सामानहरू मुख्यतया चिप-निर्माण मेसिनरी र रासायनिक सामग्री पर्दछन्।