Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

सिंगापुर – कोरोना भाइरसका कारण दोस्रो चौमासिक अवधिमा सिंगापुरको आर्थिक वृद्धि अघिल्लो वर्षको तुलनामा ४१.२ प्रतिशतले खुम्चिएको छ । प्रारम्भिक विवरण अनुसार, व्यापारमा निर्भर सिंगापुरको अर्थतन्त्रमा एकै वर्ष यतिठूलो परिमाणमा अर्थतन्त्र खुम्चिएको पहिलो पटक हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अघिल्लो वर्षको तुलनामा अप्रिल र जुन महिनाको अवधिमा १२.६ प्रतिशत अर्थतन्त्र खुम्चिएको सिंगापुरको व्यापार मन्त्रालयले जनाएको छ । सिंगापुरमा कोरोना भाइरससँग जुध्न सरकारले लकडाउन जस्ता कडा कदम चालेका कारण पनि अर्थतन्त्रमा व्यापक असर परेको हो ।

विगत एक दशकको अवधिमा पहिलो पटक सिंगापुरको अर्थतन्त्र मन्दीतर्फ अग्रसर भएको छ । दोस्रो चौमासिक अवधिमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा यतिठूलो गिरावट आउनुको मुख्य कारण गत अप्रिल ७ देखि जुन १ सम्म कोरोनाभाइरसको प्रसार रोक्न चालिएका कडा कदमहरु जिम्मेवार रहेको मन्त्रालयको भनाई छ ।

मन्त्रालयका अनुसार यस अवधिमा अत्यावश्यक सेवा बाहेक सबै आर्थिक गतिविधि स्थगित गरिएका थिए । साथै विश्वका सबैजसो मुलुकको आर्थिक स्थिति कमजोर भएकाले पनि बाह्य मागमा व्यापक गिरावट आएको मन्त्रालयले जनाएको छ ।

विश्व अर्थतन्त्र मापनको सुइरोको रुपमा रहेको सिंगापुरको पछिल्लो आर्थिक परिदृश्यले कोविड-१९ का कारण विश्वको अर्थतन्त्रमा निकै ठूलो असर परेको देखिने विज्ञहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया