काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले विश्वका विभिन्न मुलकमा रहेका नेपालीहरुलाई उद्धार उडानको पूर्वनिर्धारित तालिकामा केही परिवर्तन गरेको छ ।
निगमका अनुसार उद्धार उडानबाट नेपाल आउने नेपालीहरुले अनिवार्य रुपमा पिसिआर टेष्टको रिपोर्ट पेश गर्नुपर्ने भएको र सो रिपोर्ट समयमा आउन नसकेको तथा अन्य प्राविधिक कारणले गर्दा सम्बन्धित देशमा रहेका नेपाली राजदुतावासबाट अनुरोध समेत भएकोले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त पत्र अनुसार उडान तालिका परिवर्तन गरिएको हो ।
निगमनका अनुसार परिवर्तित चार्टर उडान तालिका यात्रुको उपलब्धताको आधारमा परिवर्तन हुन सक्ने, वायुयानमा ८५ प्रतिशत अकुपेन्सी भएमा मात्र चार्टर उडान हुने, दुतावाससँगको समन्वयमा कार्य अगाडी बढाइने, यात्रु उपलब्धता तथा अन्य प्रतिकुल कारणहरुबाट उडान तालिका परिवर्तन वा रद्द हुन सक्ने, यात्रुुहरुको पिसिआर वा आरडिटी टेस्ट वा कोभिड १९ को लक्षण नभएको स्वास्थ्यकर्मीबाट प्रमाणित प्रमाण पेश गरेको हुनुपर्ने छ ।
हेर्नुहोस् उडान तालिका :-
यस्तो छ निगमले तोकेको नयाँ भाडादर :-